1 Samuel 8:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उत्तर दिनुभयो, “जे तिनीहरूले माग्‍छन्, त्‍यही गरिदे र तिनलाई एउटा राजा दिइहाल्।” त्‍यसपछि शमूएलले इस्राएलका सबै मानिसहरूलाई घर फर्किन लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले यस्‍तो जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुराअनुसार गर्, र तिनीहरूका निम्‍ति एक जना राजा नियुक्त गर्‌।” तब शमूएलले इस्राएलका सबै मानिसहरूलाई आ-आफ्‍नो घरमा पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुरा मान्, र तिनीहरूका निम्ति एउटा राजा नियुक्त गर्।” तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरू हरेक आ-आफ्ना घरमा फर्केर जाओ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले जवाफ दिनु भयो, “तिनीहरूले चाहे जस्तै! तिनीहरूलाई एउटा राजा देऊ।” तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “ठीकै छ! तिमीहरूले एउटा राजा पाउँने भयौ। अहिले सबै तिमीहरूको शहरमा जाऊ।”