1 Samuel 9:11 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू सहर जाने डाँड़ाको उकालोमा उक्लँदैगर्दा उनीहरूले पानी भर्न आउने केही ठिटीहरूलाई भेटे, र तिनीहरूलाई सोधे, “के दर्शी घरै हुनुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यस सहरको उकालो जाँदै गर्दा तिनीहरूले पानी भर्न आइरहेका केही जवान केटीहरूलाई भेटे, र तिनीहरूले उनीहरूलाई सोधे, “के दर्शी यहीँ हुनुहुन्छ होला?”
Nepali ERV (पवित्र बाइबल)
शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान स्रीहरूलाई बाटोमा भेंटे जो पानी भर्न आएका थिइन्। शाऊल र तिनका नोकरले ती ठिटीहरूलाई सोधे, “के दर्शी घरैमा हुनुहुन्छ?” (प्राचीन समयमा अगमवक्तालाई “दर्शी” भन्थे।)