1 Samuel 9:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले उत्तर दिए, “म नै हुँ, स्‍वप्‍नदर्शी। मेरा अघि-अघि आराधना स्‍थलमा जाओ। तिमीहरू दुवैले आज मसित भोज खानुपर्नेछ। म भोलि बिहान तिमीहरूका सबै प्रश्‍नहरूका उत्तर दिउँला र तिमीहरूलाई बिदा गरूँला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमूएलले जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगिअगि डाँड़ाको थानमा जाऊ, र तिमी आज मसित खानेछौ। भोलि बिहानै तिम्रो मनमा जे कुरो छ सो म तिमीलाई बताएर तिमीलाई बिदा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शमूएलले शाऊललाई जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगि-अगि त्यस अल्गा देवस्थानमा जाओ; किनकि आज तिमीहरूले मसित खानेछौ। अनि भोलि बिहानै तिमीलाई जान दिनेछु; र तिम्रो हृदयमा भएका सबै कुराहरू बताइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले भने, “म नै दर्शी हुँ। म भन्दा पहिले नै आराधनाको ठाउँमा जाऊ। तिमी र तिम्रा सेवकले आज मसित खाना खानेछौ। म तिमीलाई भोलि बिहान घर जानदिनेछु र जे सोध्नु छ बिहानै सोध्नु।