1 Samuel 9:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन दिनअघि हराएका गधाहरूबारे चिन्‍ता नगर, ती गधा पाइएका छन्। तर इस्राएलका प्रजाले के मागिरहेका छन्? तिनीहरूले तिमीलाई र तिम्रा बुबाका परिवारलाई मागिरहेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन दिनअघि हराएका गधाहरूका विषयमा अब फिक्री नगर, किनभने ती फेला परिसकेका छन्‌। तर सारा इस्राएलले के मागिरहेका छन्‌? त्‍यसको लागि तिनीहरूले तिमी र तिम्रा पिता-पुर्खाको घरानातिर हेरिरहेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीले तीन दिन अगि हराएका गधाहरूको बारेमा चिन्ता नगर; किनकि ती फेला परिसकेका छन्। अनि इस्राएलको आसा तिमी र तिम्रा पिताका सम्पूर्ण परिवारतिर नै फर्किएको छ।”
Nepali ERV (पवित्र बाइबल)
ती गधाहरूको चिन्ता नगर जो तीन दिन पहिले हराएका थिए। ती गधाहरू फेला परिसकेका छन्। अब तिमीलाई सारा इस्राएलले नै खोजिरहेकोछ। तिनीहरूले तिमी र तिम्रा पिताका परिवारलाई नै चाहान्छन्।”