1 Samuel 9:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरको अन्‍तमा आइपुगेपछि शमूएलले शाऊललाई भने, “तिम्रो चाकरलाई अघि जाऊ भन।” चाकर गयो र शमूएलले भने, “यहाँ एक छिन बस् र परमेश्‍वरले के भन्‍नुभएको छ, सो म तिमीलाई सुनाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सहरको छेउमा आइपुग्‍दा शमूएलले शाऊललाई भने, “यस नोकरलाई अगि जानू भन।” अनि त्‍यो अगि गयो। तब शमूएलले शाऊललाई भने, “तिमीचाहिँ एक छिन यहीँ पर्ख, र म तिमीलाई परमेश्‍वरको वचन भन्‍न सकूँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू सहरको पल्‍लो छेउमा पुगे, तब शमूएलले शाऊललाई भने, “त्यो सेवकलाई हाम्रो अगि जानलाई भन।” अनि त्यो सेवकले त्यसै गर्‍यो, “तर तिमीचाहिँ एकछिन यहीँ बस, ताकि म तिमीलाई परमेश्‍वरको सन्देश बताउन सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढदै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिडनु भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिंड्न थाल्यो।