1 Samuel 9:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाकरले उत्तर दियो, “पर्खनुहोस्! यस सहरमा एक जना पवित्र मानिस छन्, जसलाई सबैले इज्‍जत गर्छन् किनभने उनले भनेका सबै कुरा सत्‍य हुन्‍छन्। हामी तिनीकहाँ जाऔं र सायद हामीले गधाहरू कहाँ भेट्टाउन सक्‍छौं, त्‍यो उनले हामीलाई भन्‍न सक्‍लान्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस नोकरले भन्‍यो, “यस सहरमा परमेश्‍वरका खूब नाम चलेका एक जना मानिस छन्‌। तिनले भनेका सबै कुरा पूरा हुन्‍छ। हामी त्‍यहाँ जाऔं। शायद हाम्रो कामको विषयमा तिनले केही बताउन सक्‍छन्‌ कि?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस सेवकले जवाफ दियो, “हेर्नुहोस्, यस सहरमा एक जना परमेश्‍वरका जन छन्; जो अति आदरणीय छन्, र तिनले भनेका हरेक कुरा सत्य हुन्छन्। अहिले हामी त्यहाँ जाऔँ। सायद तिनले हामी कुन बाटो जानुपर्ने हो, सो बताउन सक्लान् कि।”
Nepali ERV (पवित्र बाइबल)
तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुग्छ। यसकारण हामीहरू शहरमा जाऔ। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनुहुन्छ होला।”