1 Samuel 9:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाकरले उत्तर दियो, “मसित एउटा सानो चाँदीको सिक्‍का छ। त्‍यो म उनलाई दिन सक्‍छु र हामीले गधा कहाँ भेट्टाउन सक्‍छौं, त्‍यो उनले हामीलाई भन्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस नोकरले फेरि भन्‍यो, “हेर्नुहोस्, मसित यहाँ चाँदीको एक चौथाइ शेकेल छ। हामी कता जानुपर्छ सो बताइदिएबापत म ती मानिसलाई यो दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस सेवकले शाऊललाई जवाफ दियो, “मसँग लगभग तीन शेकेल चाँदी छ। म परमेश्‍वरका जनलाई यो दिनेछु, ताकि हामी कुन बाटो जानुपर्ने हो, सो तिनले बताइदेलान्।”
Nepali ERV (पवित्र बाइबल)
फेरि पनि त्यस नोकरले शाऊललाई भन्यो, “हेर्नुहोस्, मसँग अलिकति धनको रूपमा चाँदीको एक चौथाइ शेकेल छ। यही हामीले ती परमेश्वरका मानिसलाई चढायौं भने उहाँले हामीलाई कता जानुपर्ने हो बताउनुहुन्छ।”