1 Thessalonians 1:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
थेसलोनिकामा भएको परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा मण्‍डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्‍दै छौं। तिमीहरूलाई अनुग्रह र शान्‍ति मिलोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई: अनुग्रह र शान्‍ति।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई: अनुग्रह र शान्ति!
Nepali ERV (पवित्र बाइबल)
पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ। परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।
Nepali Tamang 2011
लास्‍सो थेसलोनिकेरी मुबा जम्‍मान विश्‍वासीगदेदा ङा पावलदेन सिलास ओच्‍छे तिमोथीग्‍याम फ्‍याफुल्‍ला! एनीगदे जम्‍मासेन परमेश्‍वर आबादेन प्रभु येशू ख्रीष्‍टग्‍याम दयामायादेन शान्‍ति याङ्‌गै।