1 Thessalonians 1:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले भने कि तिमीहरू स्वर्गबाट परमेश्वरको पुत्र आउनुहुन्छ भनेर बाटो हेरिरहेका छौ रे। उहाँ परमेश्वरले मरेकाबाट बिउँताउनुभएको येशू हुनुहुन्छ। हामीलाई आइपर्ने परमेश्वरको रिसबाट बचाउने पनि उहाँ नै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र, जसलाई परमेश्वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको जसले आउन लागेको क्रोधबाट हामीलाई छुटाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोडयौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदेसे परमेश्वरला झा येशू स्वर्गग्याम फेप्खला भिसी भ्रान्सी चिबा मुला। थेदा परमेश्वरसेन सिबाग्याम सोना लबा मुबा। ओच्छे थेसेन य्हाङदा पापला सजायग्याम थार्ना लला भिबा तामएनोन थेनीगदेसेन पाङ्ला।