1 Thessalonians 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा परमेश्‍वर र पिताको सामु तिमीहरूको विश्‍वासबाट गरेको काम र प्रेमले गरेको परिश्रम र हाम्रा प्रभु येशू ख्रीष्‍टमा राखेको आशाबाट तिमीहरू दरिलो भएको सम्‍झिरहन्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा परमेश्‍वर पिताको सामुन्‍ने हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्‍तर सम्‍झन्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा परमेश्‍वर र पिताको सामु तिमीहरूको विश्‍वासद्वारा उत्पन्‍न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्‍टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैं प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिंदछौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिंदछौ। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।
Nepali Tamang 2011
एनीगदेसे विश्‍वास लमाहेन्‍से गाते ज्‍यबा गे लबा मुला। ह्राङ ह्राङ न्‍हङरी गिकसेम गिकदा माया लसी गाते दुख लसी गे लबा मुला। ओच्‍छे य्‍हाङला प्रभु येशू ख्रीष्‍ट फेप्‍खला भिसी एनीगदेसे लबा आश खाह्रङ्बा कोङ्बा मुला। चु जम्‍मान ताम ङन्‍से य्‍हाङला परमेश्‍वर आबाला ङाच्‍छा ढन्‍बा मुला।