1 Thessalonians 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने हामीहरूले तिमीहरूलाई सुनाएको सुसमाचार व्‍यर्थको कुरा थिएन। तर पवित्र आत्‍मा र शक्तिसाथ सुनाइएका एकदमै साँचो कुरो थियो। तिमीहरूसँग हुँदा हाम्रो जीवन कस्‍तो थियो, तिमीहरूलाई थाहा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्‍मामा, अनि सम्‍पूर्ण निश्‍चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्‍ता किसिमका मानिस थियौं तिमीहरू जान्‍दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्तिको साथ, पवित्र आत्मामा र दृढ निश्‍चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ।
Nepali ERV (पवित्र बाइबल)
हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ।
Nepali Tamang 2011
ओच्‍छे ङन्‍से एनीगदेदा थेःना लबा परमेश्‍वरला य्‍हुल्‍साला समाचार ताम जे आहिन। तर परमेश्‍वरला आत्‍मादेन शक्तिग्‍याम ङन्‍सेनोन सेमहेन्‍से घोसी विश्‍वास लबा सत्‍य ताम मुबा। ओच्‍छे ङनी एनीगदेदेन छ्‌याम चिबा धुइरी एनीगदेला लागिरी ङनी खाह्रङ्बा मुबा भिबा ताम एनीगदेदा थानोन मुला।