1 Thessalonians 1:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुको शिक्षा तिमीहरूले माकेडोनिया र अखैयामा मात्र फैलाएनौ, तर चारैतिर परमेश्‍वरप्रति तिमीहरूका विश्‍वासको कुरो फैलियो। यस बारेमा हामीले केही पनि कुरा भनिरहनुपरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिमीहरूद्वारा परमेश्‍वरको वचन केवल माकेडोनिया र अखैयामा मात्र प्रचार गरिएको होइन, तर परमेश्‍वरमाथिका तिमीहरूको विश्‍वास प्रत्‍येक स्‍थानमा फैलिएको छ, र हामीलाई अरू केही भन्‍नु आवश्‍यक छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूबाट प्रभुको सुसमाचार म्यासिडोनिया र अखैयामा मात्र प्रचार गरिएन, तर परमेश्‍वरप्रति भएको तिमीहरूको विश्‍वास चारैतिर फैलिएको छ। यसकारण यस बारेमा हामीले केही भन्‍नु आवश्यक छैन।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन।
Nepali Tamang 2011
तिग्‍दा भिसम एनीगदेग्‍याम परमेश्‍वरला बचन माकेडोनियादेन अखैया भिबा अञ्‍चलरी जे थेःना लबा आहिन। तर एनीगदेसे परमेश्‍वरदा विश्‍वास लबा ताम जम्‍मान ग्‍लारी थेःबा मुला। थेतबासेलमा दाहेन्‍से ङन्‍से पाङ्तोःबा अर्गु ताम तिगै आरे।