1 Thessalonians 1:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी तिमीहरूकहाँ आउँदा तिमीहरूले कसरी हाम्रो स्वागत गर्यौ अनि मूर्तिपूजालाई छोडेर जिँउदो साँचो परमेश्वरकहाँ आयौ, उहाँकै भक्त भयौ। यो कुरा ती सबै मानिसहरू आफैंले भनेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जुन किसिमले हाम्रो स्वागत तिमीहरूकहाँ भयो, अनि जीवित र साँचो परमेश्वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यौ, सो त मानिसहरूले नै बताउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरूले हामीलाई कसरी स्वागत गर्यौ; अनि कसरी तिमीहरूले मूर्तिहरूलाई छोडेर जिउँदो र सत्य परमेश्वरको सेवा गर्न फर्क्यौ, सो कुरा तिनीहरू आफैँले बताउँछन्।
Nepali ERV (पवित्र बाइबल)
हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोडयौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्।
Nepali Tamang 2011
तिग्दा भिसम ङनी एनीगदे मुबा ग्लारी खमा एनीगदेसे ङन्दा खाह्रङ् लसी मान लबा मुला। ओच्छे छोन्बोदेन सत्य परमेश्वरला गे लबारी मूर्तिगदेदा तेन्बा ख्लासी एनीगदे परमेश्वरपट्टि दोःजी भिबा ताम म्हिगदेसेन पाङ्ला।