1 Thessalonians 2:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा दाजुभाइहरू, तिमीहरू पनि येशू ख्रीष्‍टमा विश्‍वास गर्ने यहूदियामा भएका परमेश्‍वरका मण्‍डलीहरूजस्‍तै भएका छौ किनभने यहूदियाको मण्‍डलीहरूले इस्राएलीबाट जस्‍तो दु:ख-कष्‍ट भोगे, त्‍यस्‍तै तिमीहरूले पनि आफ्‍नै जातिका मानिसहरूबाट भोग्‍यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि भाइ हो, ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्‍डलीहरूको अनुकरण गर्ने तिमीहरू भयौ, किनकि आफ्‍नै देश-भाइहरूबाट तिमीहरूले जसरी दुःख भोग्‍यौ, त्‍यसरी तिनीहरूले यहूदीहरूबाट दुःख भोगेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्‍ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्‍ट भोगेका थिए।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइहरू, दिदी-बहिनीहरू! ख्रीष्ट येशूमा तिमीहरू यहूदीयामा परमेश्वरको मण्डलीहरू जस्ता हौ। यहूदीयामा परमेश्वरका जनहरूले त्यहाँका अरू यहूदीहरूबाट खुबै कष्ट खपेका थिए। अनि तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै दुःख भोग्यौ।
Nepali Tamang 2011
तिग्‍दा भिसम एनीगदेएनोन ख्रीष्‍ट येशूदा विश्‍वास लबा यहूदिया अञ्‍चलरी मुबा परमेश्‍वरला मण्‍डलीगदे ह्रङ्‌बान दोबा मुला। ओच्‍छे यहूदिया अञ्‍चलरी मुबा म्‍हिगदेसे ह्राङलान म्‍हि यहूदीगदेग्‍याम दुख नाबा ह्रङ् लसी एनीगदेसेनोन ह्राङलान म्‍हिगदेग्‍याम दुख नाबा मुला।