1 Thessalonians 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा सुनाउन दिएनन्। यसरी तिनीहरूले लगातार आफ्‍ना पापको घैला भर्दैगए। आखिरमा परमेश्‍वरको रिस तिनीहरूमाथि पर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍यजातिहरूको उद्धार होस्‌ भनेर तिनीहरूसँग बोल्‍नमा हामीलाई बाधा दिए। यसरी सधैँ उनीहरू आफ्‍नो पापको नापो भर्छन्‌। तर अन्‍त्‍यमा परमेश्‍वरको क्रोध तिनीहरूमाथि परेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैँ आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्‍वरको क्रोध तिनीहरूमाथि आइपरेको छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपादै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।
Nepali Tamang 2011
ओच्‍छे अर्गु य्‍हुलला म्‍हिगदेसे थार्बा याङ्‌गै भिसी थेःना लबा ताम यहूदीगदेसे ङन्‍दा थेःना लआपुङ्नी। थेह्रङ् लसी यहूदीगदेसे पापथोरी झन पाप लजी। थेतबासेलमा परमेश्‍वरसे यहूदीगदेदा सजाय पिन्‍बा मुला।