1 Thessalonians 2:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, तिमीहरूबाट छुट्टिएर एक छिन शरीरमा देख्‍न नपाए पनि मन-विचारमा छुट्टिएका छैनौं। हाम्रो तिमीहरूलाई फेरि भेट्‍ने धेरै ठूलो इच्‍छा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि भाइ हो, हृदयबाट होइन, तर आँखाको सोझो तिमीहरूसँग अल्‍प समयको निम्‍ति बिछोड भएका हुनाले, उत्‍कट इच्‍छाले तिमीहरूलाई आमनेसामने भेट गर्न उत्‍सुकतासाथ हामीले चेष्‍टा गर्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दाजुभाइ-दिदीबहिनीहरू हो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौँ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्‍यौँ।
Nepali ERV (पवित्र बाइबल)
हे दाज्यू-भाइहरू र दिदी-बहिनीहरू! छोटो समयको लागि हामी तिमीहरूबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहरू सित छैनौ तर हाम्रो सोचाइमा तिमीहरूसितै छौं। तिमीहरूलाई भेट्न हामी खुबै उत्सुक थियौं र हामीले भेट गर्नु कड चेष्टा पनि गर्यौ।
Nepali Tamang 2011
य्‍हाङ ज्‍योज्‍यो आले नाना आङा न्‍हङरी तिगै धिनना लागिरी फेसै य्‍हाङला सेम फेबा आरे। थेतबासेलमा दोःसी एनीगदेदेन छ्‌याम ह्रुप तबा सेम ङन्‍दा ल्‍हानान मुला।