1 Thessalonians 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई पनि राम्रैसँग थाहा छ, हामीले तिमीहरूसँग चापलुसे कुरा गरेनौं, नता कुनै कुरा पाउने लोभले नै यो गर्‍यौं। परमेश्‍वर नै यसको साक्षी हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई थाहै छ कि हामीले कहिल्‍यै खुशामदीका कुरा गरेनौं, न हामी लालचको बहानामा फस्‍यौं। यसको साक्षी परमेश्‍वर हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई थाहै छ, हामीले कहिल्यै चापलुसी गरेनौँ। परमेश्‍वर हाम्रो साक्षी हुनुहुन्छ। हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँचो हो।
Nepali Tamang 2011
एनीगदेदाएनोन चु ताम थानोन मुला ङन्‍से एनीगदेदेन छ्‌याम तिगै चिप्‍ले तामएनोन आलनी ओच्‍छे तिगै याङ्ला भिसी लोभएनोन आलनी। चु ताम परमेश्‍वरदान था मुला।