1 Thessalonians 2:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै तिमीहरूलाई हामीले माया गरेका छौं। तिमीहरूको यति धेरै माया लाग्‍छ कि परमेश्‍वरको सुसमाचार मात्र होइन, हाम्रो जीवनै दिन पनि तयार भएका थियौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले स्‍नेहपूर्वक तिमीहरूको चाहना गरेर हामीहरू परमेश्‍वरको सुसमाचार मात्र होइन, तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिनु तत्‍पर थियौं, किनकि तिमीहरू हाम्रा निम्‍ति अति प्रिय भएका थियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी हामी तिमीहरूलाई वास्ता गर्छौँ; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्‍यौँ; यसैले तिमीहरूसँग परमेश्‍वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले तिमीहरूलाई धेरैमाय गरयौं। त्यसैले तिमीहरूलाई परमेश्वरको सुसमाचारको भागीदार बनाउन चाह्यौं। तर त्यति मात्र होइन हामीले आफ्नो जीवन पनि तिमीहरूसित बाड्न चाहेका छौं।
Nepali Tamang 2011
च्‍यागो आलेगदे, एनीगदेला मायासे लमा ङन्‍से एनीगदेदा परमेश्‍वरला य्‍हुल्‍साला समाचार जे आहिन, तर ङन्‍ना ज्‍यानएनोन एनीगदेला लागिरी पिन्‍बारी ङनी तयार मुबा। तिग्‍दा भिसम ङन्‍से एनीगदेदा ल्‍हानान माया लमुबा।