1 Thessalonians 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू हो, तिमीहरूलाई याद छ, सुसमाचार सुनाउँदा पनि हामीले कसैलाई भार नपरोस् भनेर आफ्‍ना लागि रातदिन मरिमेटेर काम गर्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने भाइ हो, हाम्रो कष्‍ट र मेहनतको सम्‍झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गरी हामीले परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्‍यौँ, यो कुरा निश्‍चय नै तिमीहरूलाई थाहा छ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गयौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदेदा थानोन मुला। ङन्‍से परमेश्‍वरला य्‍हुल्‍साला समाचार थेःना लबा धुइरी खालैदा दुख आपिन्‍गे भिसी धिन म्‍हुननोन दुख लसी गे लबा मुबा।