1 Thessalonians 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमोथी भरखरै तिमीहरूलाई भेटेर आइपुगेका छन्। तिमीहरूमा अझ पनि गहिरो प्रेम र विश्‍वास छ भनेर उनले सुसमाचार ल्‍याए। हामीले जस्‍तै तिमीहरूले पनि हामीलाई भेट्‍ने ठूलो इच्‍छा राखेर सम्‍झिरहेका रहेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अहिले तिमोथी तिमीहरूकहाँबाट हामीकहाँ आएर तिमीहरूको विश्‍वास र प्रेमको असल खबर हामीलाई सुनाए। तिमीहरूले हामीलाई भेट्‌न ज्‍यादै इच्‍छा गरी सधैँ प्रेमसँग हाम्रो सम्‍झना गर्दछौ भन्‍ने खबर तिनले दिए। हामी पनि तिमीहरूलाई भेट्‌न त्‍यतिकै चाहना गर्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमोथी तिमीहरूलाई भेटेर भर्खरै हामीकहाँ आइपुगेका छन्। तिमीहरूको विश्‍वास र प्रेमको विषयमा असल खबर ल्याएका छन्। तिमीहरूले सधैँ हाम्रो मिठो सम्झना गर्दछौ र जसरी हामीले तिमीहरूसँग भेट्ने उत्कट इच्छा राखेका छौँ; त्यसरी नै तिमीहरूले पनि हामीसँग भेट्ने उत्कट इच्छा राखेका छौ भन्‍ने खबर तिनले दिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैं सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ।
Nepali Tamang 2011
तर दान्‍दे तिमोथी एनीगदे मुबाग्‍याम ङनी मुबा ग्‍लारी खसी एनीगदेसे परमेश्‍वरदा लबा विश्‍वासदेन ह्राङ ह्राङ न्‍हङरी माया लसी ढिक्‍सी चिमुला भिबा ज्‍यबा समाचार ङन्‍दा पाङ्जी। ओच्‍छे ङन्‍से एनीगदेदेन छ्‌याम ह्रुप तबारी म्‍हाइबा ह्रङ् एनीगदेसेएनोन ङन्‍दा ल्‍हानान ढन्‍सी सदन ह्रुप तबारी म्‍हाइबा मुला भिबा तामएनोन पाङ्जी।