1 Thessalonians 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आखिरमा दाजुभाइहरू, तिमीहरूले हामीबाट परमेश्‍वरलाई मनपर्ने चालचलन सिकेका छौ। साँच्‍चै तिमीहरूका चालचलन परमेश्‍वरलाई मनपर्ने छ। त्‍यस चालचलनमा अझ झन्-झन् राम्रो हुँदैजाओ भन्‍ने बिन्‍ती छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍त्‍यमा भाइहरू, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्छौं र अर्ती दिन्‍छौं, कि तिमीहरूले कसरी जिउनु र परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याउनुपर्छ भन्‍ने तिमीहरूले हामीबाट सिक्‍यौ र त्‍यसो गर्दै पनि छौ, त्‍यसैमा तिमीहरू झन्‌ बढ्‌दैजाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन तिमीहरूले कसरी जिउनुपर्छ भनी हामीले निर्देशन दियौँ; जसअनुसार तिमीहरू जिइरहेका पनि छौ। अब अझ बढी त्यस्तै गर्ने गर भनी हाम्रा प्रभु येशूमा हामी तिमीहरूलाई आग्रह गर्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो।
Nepali Tamang 2011
दाहेन्‍से एनीगदे प्रभु येशूला म्‍हि तबासे लमा परमेश्‍वरदा ताङ्ना लबारी खाह्रङ् लसी भ्रतोःला भिबा ताम ङन्‍से लोप्‍सी जिन्‍बा मुला। ओच्‍छे एनीगदेसे ङन्‍से लोप्‍बा ह्रङ्नोन लबान मुला। थेतबासेलमा ज्‍योज्‍यो आले नाना आङागदे, अझ एनीगदेसे थेह्रङ्बा ज्‍यबा गे लबान निउ भिबा ङन्‍ना बिन्‍ती मुला।