1 Thessalonians 4:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले साँच्चै सारा माकेडोनियाका दाजुभाइहरूलाई त्यसै गरी प्रेम पनि गरेका छौ। अझै बढी मात्रामा प्रेम गर्दैजाओ भनेर हामी तिमीहरूलाई हौसला दिंदछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन् बढ़ी त्यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरू हो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।
Nepali Tamang 2011
ओच्छे थेनोन अन्छार एनीगदेसे माकेडोनिया भिबा अञ्चलरी मुबा जम्मान विश्वासीगदेदा ल्हानान माया लबा मुला। थेतबासेलमा ज्योज्यो आले नाना आङागदे, थेह्रङ् लसीन एनीगदे ह्राङ ह्राङ न्हङरी अझ माया लसी चिउ भिबा ङन्ना अर्ती मुला।