1 Thessalonians 4:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन आज्ञाको आवाज, मुख्‍य स्‍वर्गदूतको सोर र परमेश्‍वरको तुरही फुकेको बेला प्रभु स्‍वर्गबाट आउनुहुनेछ र त्‍यति नै खेर ख्रीष्‍टमा विश्‍वास गरी मरेकाहरू सबैभन्दा पहिले बिउँतनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्‍वरको तुरहीको सोरसँगै स्वर्गबाट तल ओर्लिआउनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठुलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको स्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम प्रभु ह्राङनोन घ्रेन काइरी कुल्‍बान मुल स्‍वर्गदूतला काइदेन परमेश्‍वरला बिगुलला काइरी स्‍वर्गग्‍याम फेप्‍खला। थेनोन धुइरी ख्रीष्‍टदा विश्‍वास लसी सिबागदे चा ङाच्‍छान सोला।