1 Thessalonians 4:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस कुरामा कसैले पनि सीमा नाघेर आफ्नो भाइलाई खराबी नगरोस्। यस्तो कुरामा परमेश्वरले ठूलो सजाय दिनुहुन्छ। हामीले पहिले नै सफासँग भनेका र शिक्षा दिएका थियौं
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस विषयमा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्, किनकि यस्ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्भीर चेताउनी दिएका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैँ र चेतावनी दिएझैँ, प्रभुले सजाय दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं।
Nepali Tamang 2011
चु तामरी आज्यबा गे लसी विश्वासी ज्योज्यो आले नाना आङागदे न्हङरी खालैसे खालैदान न्होङ्ना थालगै। च्यागो, चुह्रङ्बा गे लजी भिसम प्रभुसेन सजाय पिन्ना भिसी ङन्से एनीगदेदा ङाच्छान घोना लसी जिन्बा मुला।