1 Thessalonians 4:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्वासी दाजुभाइहरूमा प्रेम गर्ने बारेमा त तिमीहरूलाई कुनै कुरो लेख्नुपर्दैन। परमेश्वर आफैंले तिमीहरूलाई आपसमा प्रेम गर्न सिकाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब दाजुभाइ-दिदीबहिनीहरूको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन; किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैँले परमेश्वरबाट सिकेका छौ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ।
Nepali Tamang 2011
विश्वास लबा ज्योज्यो आले नाना आङादा खाह्रङ् लसी माया लतोःला भिबा ताम ङन्से एनीगदेदा पाङ्आतोः। तिग्दा भिसम चु ताम एनीगदेदा परमेश्वरसेन लोप्सी जिन्बा मुला।