1 Thessalonians 5:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शान्‍तिका परमेश्‍वर आफैंले तिमीहरूलाई पूरा तवरले पवित्र राखून्, हाम्रा प्रभु येशू ख्रीष्‍ट नआएसम्‍म तिमीहरूको आत्‍मा, प्राण र शरीर स्‍वस्‍थ, दागबिनाको र निर्दोष होओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई शान्तिका परमेश्‍वर आफैँले सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क रहून्।
Nepali ERV (पवित्र बाइबल)
शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख।
Nepali Tamang 2011
शान्‍ति पिन्‍बा परमेश्‍वरसेन एनीगदेदा पूरा चोखो तना लगै, ओच्‍छे य्‍हाङला प्रभु येशू ख्रीष्‍ट दोःसी फेप्‍खबा धुइरी एनीगदेला आत्‍मादेन सेम ओच्‍छे ल्‍हुइरी तिगै दोष आरेबा तगै।