1 Thessalonians 5:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले सबैतिर शान्‍ति छ, केही गोल-माल छैन भनेर भन्‍छन्। त्‍यसै बेला एक्‍कासि आइमाईलाई व्‍यथा लागेझैँ आपत् आइलाग्‍नेछ र तिनीहरू उम्‍कन पाउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरू “शान्‍ति र सुरक्षा” भनिरहेका हुन्‍छन्, तब गर्भवती स्‍त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्‍छ, र तिनीहरू कुनै रीतिले उम्‍कनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैँ, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।
Nepali Tamang 2011
थे धुइरी म्‍हिगदेसे “य्‍हाङदा शान्‍ति मुला तिगै लोङ्‌बा डोबा आरे भिसी भिला।” थेनोन धुइरी म्रिङम्‍हेमेदा कोला न्‍हबा धुइरी बेथा याङ्बा ह्रङ् थेनीगदे तिक्‍खुरीन नाश तला। जमाहेन्‍से थेनीगदे थेह्रङ्बा आपत विपतग्‍याम तिगै लसीन स्‍योर आम्‍याङ्।