1 Timothy 1:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यभिचारीहरू, पुरुषगामीहरू, अपहरणकारीहरू, झूटो बोल्ने र झूटो साक्षी दिने र सत्य शिक्षाको विरुद्ध काम गर्नेहरूका लागि बनिएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्यभिचारीहरूका निम्ति, पुरुषगामीहरूका निम्ति, अपहरणकारीहरूका निम्ति, झूटा बोल्नेहरूका निम्ति, झूटा गवाही दिनेहरूका निम्ति, र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्ति हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनैतिक सम्बन्ध र समलिङ्गीहरूका निम्ति, मानव-तस्करहरूका निम्ति, झूट बोल्नेहरू र झूटा शपथ खानेहरूका निम्ति, र सत्य विपरीत जुनसुकै कुराहरूका निम्ति हो। यस्तै मानिसहरूका निम्ति व्यवस्था दिइएको हो।
Nepali ERV (पवित्र बाइबल)
जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँचो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।
Nepali Tamang 2011
ओच्छे खाल्दमानदेन छ्याम ब्रेल्सी भ्रबागदे, ह्राङ ह्राङ न्हङरीन ब्रेल्सी ह्रेम्फेबेगदेदेन छ्याम भ्रबागदे, नोकर चूङ्बा ग्लुबा लसी भ्रबागदे, लुसीला ताम पाङ्बागदेदेन लुसीला तामरी साक्षी दोसी भ्रबागदे ओच्छे सत्य तामदा आहिन भिसी बिरोध लसी भ्रबागदेला लागिरी हिन्ना।