1 Timothy 1:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्ट येशू पापीहरूलाई नै बचाउन यस संसारमा आउनुभएको हो, यो सबैले मान्नुपर्ने साँचो कुरा हो। तिनीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो वचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो भनाइ विश्वासयोग्य र पूर्ण रूपमा ग्रहणयोग्य छ: ख्रीष्ट येशू संसारमा पापीहरूलाई बचाउन आउनुभयो। ती पापीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ।
Nepali ERV (पवित्र बाइबल)
म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महापापी हुँ।
Nepali Tamang 2011
जस्तो लसीन चु जम्मासेन ङ्यान्तोःबादेन विश्वास लतोःबा ताम हिन्ना। पापीगदेदा थार्बा पिन्बारी ख्रीष्ट येशू जम्बुलिङरी फेप्खबा हिन्ना। ओच्छे पापीगदे न्हङरी जम्मान भन्दा पापी चा ङानोन हिन्ना।