1 Timothy 1:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही कारणले नै उहाँले मलाई दया गर्नुभयो। मजस्‍तो सबैभन्दा पापीलाई आफ्‍नो धैर्य प्रकट गर्न उहाँले मलाई नमुना बनाउनुभयो। यो नमुना पछि उहाँमाथि विश्‍वास गर्ने र अनन्त जीवन पाउनेहरूका लागि हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यसकारण मैले कृपा पाएँ, कि पापीहरूमा सबैभन्‍दा मुख्‍य भएर पनि मद्वारा येशू ख्रीष्‍टले आफ्‍नो असीम धैर्य प्रकट गर्न सकून्, ताकि उहाँमाथि विश्‍वास गरेर अनन्‍त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्‍न सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँमाथि विश्‍वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्‍ट येशूले आफ्नो असीम धैर्य देखाएर मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशूले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरूण बनाउन चाहनु हुन्थ्यो।
Nepali Tamang 2011
ङा पापीगदे न्‍हङरी जम्‍मान भन्‍दा पापी तसैनोन ङाला लागिरी ख्रीष्‍ट येशूसे गाते दुख नाजी भिबा ताम उन्‍बाला लागिरी परमेश्‍वरसे ङादा दया लजी। चुह्रङ् लबा चा थेदा विश्‍वास लसी जुकजुकधोनाला जुनी याङ्बागदेदा उन्‍बाला लागिरी हिन्‍ना।