1 Timothy 1:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर बाबु तिमोथी, धेरैअघि तिम्रो बारेमा परमेश्वरका तर्फबाट बोलेको कुराअनुसार तिमीलाई यो भार जिम्मा लाउँदै छु। असल लडाइँ लड्नलाई उहाँले भन्नुभएका ती कुराहरूलाई हतियारको रूपमा प्रयोग गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु, कि तिम्रो सम्बन्धमा अघि कहिएको अगमवाणीअनुसार तीद्वारा प्रेरणा पाएर विश्वास र असल विवेक कायम राख्दै तिमी असल लड़ाइँ लड्न सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरो छोरा तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु। तिम्रो विषयमा एक पल्ट बोलिएका ती अगमवाणीअनुसार चलेर असल युद्ध लड्न सक।
Nepali ERV (पवित्र बाइबल)
तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड।
Nepali Tamang 2011
ङाला झा तिमोथी, ङाइ एदा चु ताम कुल्बा मुला, एला बारेरी परमेश्वरसे ङाच्छान पाङ्बा अन्छार एसे आँट याङ्सी विश्वासला लागिरी ज्यबा लडाइ लउ।