1 Timothy 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले बोलेको कुरा पनि नबुझ्‍ने र के बारेमा बोल्‍दै छन्, त्‍यसको पनि अत्तो-पत्तो नराख्‍ने व्यवस्था सिकाउने गुरु हुन खोज्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू व्‍यवस्‍थाका शिक्षक हुने इच्‍छा गर्छन्, तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू व्यवस्थाका शिक्षक हुन चाहन्छन्; तर तिनीहरू आफूले बोलेका विषयमा अथवा स्थापना गर्न खोजेका कुरा नै जान्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस्ता मानिसहरू शास्त्री बन्न खोज्छन्। तर उनीहरू के बोलिरहेका छन् त्यो उनीहरूलाई नै थाहा हुँदैन। अनि उनीहरूले ती कुराहरू बुझ्दैनन् जसलाई उनीहरू सत्य भन्छन्।
Nepali Tamang 2011
थेनीगदे परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम लोप्‍बा म्‍हि दोबारीम म्‍हाइमुला, तर ह्राङसेन पक्‍का लसी पाङ्बा ताम ह्राङसेन आघोमुला।