1 Timothy 1:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो थाहा हुनुपर्छ, नियम असल मानिसको निम्ति बनिएको होइन। ऐन त नियम भङ्ग गर्ने, डाकुहरू, ईश्वर नमान्ने र पापीहरू, आफ्ना आमा-बुबालाई मार्नेहरू, मान्छे मार्नेहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी यो पनि जान्दछौं कि व्यवस्था असल मानिसको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्ति, ज्यानमाराहरूका निम्ति,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी यो पनि जान्दछौँ, कि धर्मीहरूका निम्ति व्यवस्था बनिएको होइन, तर व्यवस्था उल्लङ्घन गर्नेहरू र विद्रोहीहरूका निम्ति, भक्तिहीन र पापीहरूका निम्ति, अपवित्र र नास्तिकहरूका निम्ति, आमाबुबा मार्नेहरूका निम्ति, हत्याराहरूका निम्ति,
Nepali ERV (पवित्र बाइबल)
हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिएको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिएको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्यारा छन्।
Nepali Tamang 2011
ओच्छे य्हाङदा चु तामएनोन था मुला, थे ठिम ज्यबा म्हिला लागिरी आहिन। तर थे ठिम अन्छार आभ्रबागदेदेन कुल्बा ताम आङ्यान्बागदे ओच्छे परमेश्वरदा आतेन्बागदे, पापीगदे, नइबा सेम मुबागदे, परमेश्वरदा बिरोध लबागदे, आबा आमादा साइबागदेदेन म्हि साइबागदे,