1 Timothy 3:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पत्नीहरू पनि त्यसरी राम्रो चालचलनका र अर्काको निन्दा नगर्ने हुनुपर्दछ। तिनीहरूले नराम्रो गफ नगरून् तर आफैंलाई वशमा राखेर सबै कुरामा विश्वासी होऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्त्रीहरू पनि यहीबमोजिम गम्भीर, अर्काको बदख्वाइँ नगर्ने, तर सबै कुरामा संयमी र विश्वासयोग्य हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी तिनीहरूका पत्नीहरू पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्वासयोग्य हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
उसरी नै स्त्रीहरू पनि मानिसहरू माझ माननीय हुनुपर्छ। तिनीहरूले अर्काको निंदा गर्नु हुंदैन्। तिनीहरू हरेक कुरामा आत्मा-निंयत्रित र विश्वासी हुनुपर्छ।
Nepali Tamang 2011
थेह्रङ् लसीन मण्डलीरी ह्रो लबा म्हिला म्रिङम्हेमेगदेएनोन स्य्हान्दोग्याम मान याङ्बादेन खालैला तामगन आलबा ततोःला। ओच्छे ह्राङसे ह्राङदान तहरी थान्खम्बादेन जम्मान तामरी म्हिगदेसे विश्वास लखम्बा ततोःला।