1 Timothy 3:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मण्डलीमा सेवा गर्नेको पनि एउटै मात्र स्वास्नी हुनुपर्दछ। उसले पनि आफ्ना छोराछोरी र घर-परिवार राम्ररी मिलाएर राख्नुपर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डिकन एउटै पत्नीका पति होऊन्। आफ्ना छोरा-छोरीहरू र आफ्नो घरको प्रबन्ध राम्ररी मिलाउन सक्ने होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेवक एउटै पत्नीका पति; आफ्ना बालबच्चाहरू र परिवारको उचित रेखदेख गर्न सक्ने हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ।
Nepali Tamang 2011
मण्डलीरी ह्रो लबा म्हिलाएनोन म्रिङ गिक जे ततोःला ओच्छे थेसेनोन ह्राङला कोलागदेदेन दिम परिवारदा ज्यना लसी च्याखम्तोःला।