1 Timothy 3:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै भक्तिको बुझ्नैनसकिने रहस्‍य कति ठूलो छ? उहाँ मानिसकै शरीरमा देखा पर्नुभयो, पवित्र आत्‍माले पापबिनाको ठहरिनुभयो अनि उहाँलाई स्‍वर्गदूतहरूले देखे। देशदेशमा उहाँको प्रचार भयो, संसारमा उहाँलाई विश्‍वास गरियो अनि उहाँ फेरि सम्‍मान्‌सँग माथि लगिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी स्‍वीकार गर्दछौं, कि हाम्रो विश्‍वासको रहस्‍य अति महान्‌ छ: उहाँ स्‍वयम्‌ शरीरमा प्रकट हुनुभयो, पवित्र आत्‍माद्वारा धर्मी ठहरिनुभयो, स्‍वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विनाशङ्का यो भन्‍न सकिन्छ, भक्तिको रहस्य महान् छ: उहाँ मानिसको शरीरमा भएर देखा पर्नुभयो, पवित्र आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूद्वारा देखिनुभयो, सबै मानिसहरूका बीचमा उहाँको प्रचार भयो, र संसारमा उहाँलाई विश्‍वास गरियो, महिमामा माथि लगिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छः उहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
Nepali Tamang 2011
य्‍हाङदा था मुला कि य्‍हाङसे लबा विश्‍वास म्‍हिसे था आयाङ्‍बा घ्रेन मुला, “य्‍हाङसे येशूदा म्‍हि ल्‍हुइरी म्राङ्जी, थे परमेश्‍वरदा सेम निबा मुला भिसी परमेश्‍वरला आत्‍मासे उन्‍जी। ओच्‍छे थेदा स्‍वर्गदूतगदेसेनोन म्राङ्जी। थेला बारेरी य्‍हुल्‍सा य्‍हुल्‍सारी थेःजी, थेदा जम्‍बुलिङरी विश्‍वास लजी, ओच्‍छे थे घ्रेन य्‍हालदेन शक्तिरी तोर फेप्‍जी।”