1 Timothy 3:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तो देखरेख गर्ने मानिस कुनै दोषबिनाको हुनुपर्छ। उसले एउटै मात्र स्वास्नी विवाह गरेको हुनुपर्छ। ऊ आफैंलाई वशमा राख्ने, आफ्नो मनलाई अधीनमा राख्ने र राम्रो चालचलन भएको हुनुपर्छ। उसले अतिथिसत्कार गर्नुपर्छ र शिक्षा दिन सक्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। उ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ।
Nepali Tamang 2011
थेतबासेलमा मण्डलीदा च्याबा म्हि चा खालैसे दोष उन्बारी आखम्बा, म्रिङ गिक जे मुबा, ह्राङसे ह्राङदान तहरी थान्बा, जम्मासेन मान लबा, डोन्बोदा मान लबादेन ज्यना लसी लोप्बारी खम्बा ततोःमुला।