1 Timothy 4:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनीहरूले विवाह गर्नुहुँदैन र कति कुराचाहिँ खानुहुँदैन भनेर मानिसहरूलाई सिकाउँछन्। तर विश्‍वास गर्ने र सत्‍यलाई चिन्‍नेहरूले धन्‍यवाद चढाएर यी खाने कुराहरू खानुहुन्‍छ किनभने परमेश्‍वरले नै यी कुरा सृष्‍टि गर्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू विवाह निषेध गर्छन्‌। विश्‍वास गर्नेहरू र सत्‍य जान्‍नेहरूले धन्‍यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्‍वरले सृजनुभएका भोजनहरूबाट अलग्‍ग बस्‍ने आदेश दिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मानिसहरूलाई विवाह गर्न मनाही गर्छन् र केही भोजनहरूबाट अलग रहनू भन्‍ने आदेश दिन्छन्। जुन भोजन विश्‍वास गर्नेहरू र सत्यता जान्‍नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्‍वरले सृष्‍टि गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्।
Nepali Tamang 2011
चुह्रङ्बा म्‍हिगदेसे ब्‍याह लबारी आत भिमुला, ओच्‍छे गाते चबा स्‍हेगदे चा चबारी आत भिसी लोप्‍मुला। तर ख्रीष्‍टदा विश्‍वास लसी सत्‍य ताम घोबागदेसे परमेश्‍वरसे स्‍होबा चबा स्‍हेगदे धन्‍यवाद पिन्‍सी चबारी तला।