1 Timothy 4:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वासको शिक्षा र तिमीले भन्‍दैआएका सत्‍य सन्‍देशमा तिमी हुर्किरहेका छौ। यिनै कुराहरू तिमीले ख्रीष्‍टिय भाइहरूलाई पनि सिकायौ भने त तिमी ख्रीष्‍ट येशूका लागि राम्रो सेवा गर्ने हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीले भाइहरूका सामु यी शिक्षा राखिदियौ भने तिमीले अनुसरण गरेका असल सिद्धान्‍त र विश्‍वासको वचनमा पुष्‍ट भएर तिमी ख्रीष्‍ट येशूका असल सेवक हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीले यी कुराहरू दाजुभाइ-दिदीबहिनीहरूलाई देखाइदियौ भने तिमी विश्‍वासको सत्यतामा हुर्काइएको र उचित शिक्षा पछ्याउने ख्रीष्‍ट येशूका असल सेवक हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
यी सबै कुराहरू त्यहाँका दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई सुनाऊ। यसले तिमीलाई ख्रीष्ट येशूको असल सेवक हो भन्ने देखाउँछ। तिमीले अनुसरण गरेको सत्य विश्वासको वचन र असल शिक्षाले तिमीलाई दरिलो बनाएको छ भनि तिमी देखाउनेछौ।
Nepali Tamang 2011
चुदे एसे चु जम्‍मान तामला बारेरी ज्‍योज्‍यो आले नाना आङागदेदा लोप्‍जी भिसम, ए भ्रबा ज्‍यबा तामदेन विश्‍वासला बचनरी पाको म्‍हि दोला, ओच्‍छे ए ख्रीष्‍ट येशूला गे लबा ज्‍यबा म्‍हि दोला।