1 Timothy 5:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राम्रो काम गरेकोमा तिनको नाम चलेको हुनुपर्छ। तिनले आफ्ना छोरा-छोरीहरूलाई राम्ररी हुर्काएकी र पाहुनाहरूलाई आफ्नो घरमा सत्कार गरेकी हुनुपर्छ अनि तिनले ख्रीष्टका पवित्र जनहरूका गोडा धोएर सेवा गरेकी र दु:खमा परेकाहरूलाई सघाएकी र यस्तै असल कामहरू गरेकी हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्यान दिएकी साबित हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर असल कामहरूका लागि प्रसिद्ध भएकी, छोराछोरीहरूलाई ठिकसित हुर्काउने, पाहुनासत्कार गर्ने, प्रभुका सेवकहरूका पाउ धुने, विपत्तिमा परेकाहरूलाई सहायता दिने, र आफूलाई सबै किसिमका असल कामहरूमा संलग्न राख्नेको नाम मात्र राख।
Nepali ERV (पवित्र बाइबल)
उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।
Nepali Tamang 2011
ओच्छे थेसे ज्यबा गे लसी मान याङ्बा, कोलागदे ज्यना लसी च्याबा, डोन्बोगदेदेन परमेश्वरला म्हिगदेदा ज्यना लसी क्योङ्बा, दुख याङ्बागदेदा ह्रो लबा ह्रङ्बा ज्यबा गेरी सेम लबा म्हि ततोःला।