1 Timothy 5:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि तरुनी विधवा त अरू मानिसहरूका घरघरै डुल्‍ने बानी भएर बेकामै हुन्‍छन्। त्‍यति मात्र होइन, कुरौटे, झगडा लाउने र बोल्‍न नहुने कुरा पनि बोल्‍ने हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाहेक तिनीहरू घर-घर डुल्‍ने भई अल्‍छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्‍ने, बोल्‍नु नहुने कुराहरू बोल्‍ने हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक तिनीहरू अरूको घर-घरमा घुमिहिँड्दै अल्छे हुन सिक्छन्। अल्छे हुने मात्र होइन, तर कुरौटे, अरूको काममा हात हाल्ने र बोल्न नहुने कुराहरू बोल्नेहरू हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरउटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदे म्‍हिला दिम दिमरी कोर्सी भ्रबादेन ब्‍लेगु दोसी भ्रबा जे आहिन, तर म्‍हिला तामगन लसी भ्रबा ओच्‍छे म्‍हिसे लबा गेरी या झाङ्‌बादेन पाङ्‌बारीन आतबा ताम पाङ्सी भ्रबा तला।