1 Timothy 5:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तरुनी विधवाहरूले चाहिँ फेरि विवाह नै गरून् भनेर सल्लाह दिन्छु। यसरी बरु तिनीहरूले छोराछोरी जन्माएर गृहस्थी बनून्। त्यसो भए मात्र हाम्रा विरोधीहरूलाई हाम्रो निन्दा गर्ने मौका मिल्नेछैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तरुणी विधवाहरूलाई विवाह गर्ने, बालबच्चा जन्माउने, आफ्ना घर सम्हाल्ने, र विरोधीलाई आफ्नो बदनामको मौका नदिने होऊन् भन्ने सल्लाह दिन्छु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्।
Nepali Tamang 2011
थेतबासेलमा ह्रेम्बो सिबा छामे म्रिङम्हेमेसे दोःसी ब्याह लसी कोलागदे तगै ओच्छे थेसे ह्राङला दिमनाम स्होगै। तिग्दा भिसम य्हाङला शत्रुगदेसे य्हाङदा दोष लआम्याङ्गै भिबा ङाला सेम मुला।