1 Timothy 5:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कुनै विश्वासी स्त्रीका परिवारमा विधवाहरू छन् भने तिनले तिनीहरूको हेरचाह गरून्। यसो गर्यौ भने मण्डलीले तिनीहरूको बोझ बोक्नुपर्नेछैन। त्यसकारण कोही नभएका विधवाहरूको मात्र मण्डलीले हेरचाह गरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाऊन्, र मण्डलीमाथि कुनै बोझ नपरोस्, र मण्डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै विश्वासी स्त्रीसँग आश्रित भएका विधवाहरू छन् भने मण्डलीमाथि भार नपरोस् भनेर तिनीहरूलाई तिनले निरन्तर सहायता दिनुपर्छ, ताकि मण्डलीले साँच्चै खाँचोमा परेका विधवाहरूलाई सहायता पुर्याउन सकोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै विश्वासी स्त्रीको घरमा विधवाहरू भए उसले तिनीहरूको देख-रेख गर्नु पर्छ। तिनीहरूको देख-रेखका निम्ति मण्डलीलाई बाधा दिनु हुँदैन। तब तिनीहरूको देख-रेख मण्डलीले गर्न सक्नेछ। जो साँचो अर्थमा अभावग्रस्त विधवा छन्।
Nepali Tamang 2011
चुदे खालै विश्वासी म्रिङम्हेमेला ह्राङला म्हि न्हङरी ह्रेम्बो सिबा म्रिङम्हेमे मुसम थेसे ह्रो लगै, ओच्छे मण्डलीदा तिगै दुख थातगै। थेतबासेलमा मण्डलीसे चा साँच्चिन खालै आरेबा ह्रेम्बो सिबा म्रिङम्हेमेगदेदा ह्रो लबारी खम्गै।