1 Timothy 5:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने धर्मशास्त्रले भन्छ, “दाइँ गर्ने गोरुलाई मुखमा मोहला नलगाउनू अनि खेतालाले आफ्नो ज्याला पाउनैपर्दछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने पवित्रशास्त्र भन्छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि पवित्र धर्मशास्त्रले भन्छ, “अन्नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू,” र “खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
किनभने धर्मशास्त्रले भन्छः “गोरूले दाइँ गर्दैछ भने त्यसको मुखमा मोहोला नलगाऊ।” अर्को ठाउँमा धर्म शास्त्रले नै भन्छ, “मजदुरलाई उसको योग्य ज्याला दिनुपर्छ।”
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरला बचनरी “दाइँ लबा ग्लापला सुङरी भोर थाक्वान्गो” भिसी भ्रिबा मुला। ओच्छे “गे लमाहेन्से ज्याला याङ्नोन तोःला” भिसी सुङ्बा मुला।