1 Timothy 6:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोकरले आफ्‍ना मालिकको हरेक कुरामा मान-मनितो गर्नुपर्छ भन्‍ने सम्‍झ। त्‍यसो भए मात्र कसैले पनि परमेश्‍वरको नाउँ र हामीले दिएको शिक्षालाई दोष लाउन पाउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दासत्‍वका जुवामुनि हुने सबैले आ-आफ्‍ना मालिकलाई पूरा सम्‍मानको योग्‍य ठानून्, ताकि परमेश्‍वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दासत्वको जुवामुनि हुनेहरू, सबैले आ-आफ्ना मालिकहरू पूर्ण आदरका योग्य छन् भनी ठानून्; ताकि परमेश्‍वरको नाम र शिक्षाको बदनामी नहोस्।
Nepali ERV (पवित्र बाइबल)
ती जो दासत्वको वशमा छन् तिनीहरूले आफ्ना मालिकहरूलाई पूर्ण आदर दर्शाउनु पर्छ। यदि तिनीहरूले त्यसो गरे परमेश्वरको नाउँ अनि हाम्रो शिक्षाको झूटो निन्दा हुनेछैन।
Nepali Tamang 2011
परमेश्‍वरला मिनदेन य्‍हाङसे लोप्‍बा तामदा खालैसे दोष आलबाला लागिरी जम्‍मान नोकरगदेसे ह्राङ ह्राङला मालिकला तहरी चिसी मालिकसे कुल्‍बा ताम ङ्‌यान्‍तोःला भिसी म्‍हन्‍गो।