1 Timothy 6:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने सब किसिमको खराबीको मूल नै धनसम्पत्तिको माया हो। कति मानिसले त धन कमाउने लोभमा लागेर विश्वास गर्न छोडिदिएका छन्। अनि दु:खले तिनीहरूको मन नै छियाछिया भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्।
Nepali ERV (पवित्र बाइबल)
पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।
Nepali Tamang 2011
तिग्दा भिसम जम्मान न्होङ्ना लबा तामगदे खबान टाङगाला लिच्छा भ्रबासे लमा हिन्ना। टाङगाला लिच्छा भ्रबासे लमा कोइ कोइ म्हिसे मी विश्वास लबान ख्लासी आज्यबा ग्यामपट्टि भ्रबा मुला, ओच्छे थेनीगदेला सेम ल्हानान दुखसे क्रोबा मुला।