1 Timothy 6:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरका भक्त, तिमी यी नराम्रा कुराहरूदेखि अलग्गै बस। तिमीले परमेश्वरका अघि ठीक ठहरिने कुरामा, भक्तिमा, विश्वासमा, प्रेममा, धैर्यमा, नम्र हुने कुरामा आफ्नो मन लगाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्वरका जन तिमीले यी सबै त्याग, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्ष्य राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे परमेश्वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग।
Nepali ERV (पवित्र बाइबल)
तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर।
Nepali Tamang 2011
तर परमेश्वरला म्हि एसे चु जम्मान आज्यबा तामगदे ख्लागो। ओच्छे जुन ताम सत्यदेन ज्यबा मुला थे तामला लिच्छा भ्रउ। थेह्रङ् लसीन परमेश्वरदा सेम निबा म्हि दोबारी, परमेश्वरदा तेन्बारी, विश्वासरी भ्रबारी, माया लबारी, सेम नाबारीदेन सोजो तसी भ्रबारी भङ लउ।