1 Timothy 6:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्वासको लडाइँमा राम्ररी लड्न अनन्त जीवनलाई पक्रिराख किनभने यसकै लागि परमेश्वरले तिमीलाई बोलाउनुभएको हो अनि तिमीले पनि धेरै मानिसहरूका सामुन्नेमा आफ्नो साँचो साक्षी दिएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्वासको उत्तम लड़ाइँ लड़। अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख; यसैका लागि तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्।
Nepali Tamang 2011
थेतबासेलमा ए जुकजुकधोनाला जुनीला लागिरी विश्वासरी सदन ङाच्छा बढब तउ। तिग्दा भिसम परमेश्वरसे एदा चुलान लागिरी ङ्योइबा मुबा। एसे थे जुकजुकधोनाला जुनीला बारेरी ल्हानान म्हिला ओन्छाङरी ज्यना लसी उन्बा मुला।