1 Timothy 6:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले उहाँलाई ठीक समयमा फेरि पठाउनुहुनेछ। परमेश्वर नै सबै शक्तिका मालिक, राजाहरूका पनि राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसलाई परमेश्वरले आफ्नै समयमा प्रकट गर्नुहुनेछ। परमेश्वर, परमधन्य र एक मात्र शासक, राजाहरूका राजा तथा प्रभुहरूका प्रभु हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।
Nepali Tamang 2011
परमेश्वर जम्मादान मोलम पिन्बादेन जम्मानथोरी शासन लबा, ओच्छे ग्लेगदेलाएनोन ग्ले, प्रभुगदेलाएनोन प्रभु परमेश्वर हिन्ना। धुइ पूरा तमाहेन्से थेसेन ख्रीष्ट फेप्खबा धुइ उन्ना।