1 Timothy 6:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले यस संसारमा धनी हुनेहरूलाई घमण्डी नहुनू भन। तिनीहरूका धन-सम्पत्ति सधैँ रहने होइन तर हाम्रो सुखका लागि प्रशस्त गरी सबै कुरा दिने परमेश्वरमै भरोसा राख भनेर आज्ञा देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ, र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्वरमा लगाऊन् भनी आज्ञा देऊ।
Nepali ERV (पवित्र बाइबल)
यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।
Nepali Tamang 2011
चु जम्बुलिङला फ्युक्पोगदेदा ङा ह्रङ्बा खालै आरे भिसी भ्रबारी आत भिसी कुल्गो। ओच्छे नाश तसी निबा सम्पत्तिरी आहिन, तर य्हाङदा ताङ्ना लबारी जम्मान स्हे ल्हानान पिन्बा परमेश्वरथोरी आश लउ भिसी पाङ्गो।